रेडियोकर्मी रमा खड्का बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित

 

काठमाडौं । “बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६” बाट रेडियोकर्मी रमा खड्का सम्मानित भएकी छन् । केन्द्रीय बाल कल्याण समिति र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा दिंदै आएको नगदसहितको पुरस्कार यसवर्ष रेडियोकर्मी खड्काले पाएकी हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाडौंको सभाहलमा आइतबार आयोजित एक समारोहकाबीच महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले खड्कालाई नगदसहित सम्मानपत्र प्रदान गरेकी हुन । खड्कालाई नगद रु.२५ हजारसहित प्रमाणपत्र दिइएको हो।

रेडियो पत्रकारितातर्फ उज्यालो रेडियो नेटवर्कमा कार्यरत खड्काले उपत्यकाबाट यसबर्षको उक्त पुरुस्कार पाएकी हुन । जिल्लाबाट भने सप्तकोशी एफ एममा कार्यरत रुमा रिजालले उक्त पुरुस्कार पाएकी छन् ।

यस्तै छापा पत्रकारितातर्फ प्रकाश सिलवाल र हिमाल लम्साल नगद सहित सम्मानित भएका छन् । उपत्यकाबाहिरबाट खगेन्द्र अधिकारी पुरस्कृत भएका छन् भने टेलिभिजनतर्फ धनवीर दाहाल, कोपिला पोखरेल र धनमाया भुषाल नगद सहित सम्मानित भएका छन् । त्यस्तै कार्यक्रम प्रस्तोतातर्फ शोभिता रिसाल र शर्मिला खनाल पुरस्कृत भएका छन् ।

त्यसैगरी, सामुदायिक रेडियोतर्फ बाजुराको रेडियो बाजुरा पुरस्कृत भएको छ । रेडियोलाई नगद रु. ५० हजारसहित सम्मानपत्र दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार