
कैलाली । कैलालीको अत्तरियाबाट चितुवाको छाला सहित पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा डोटी बढिकेदार गाउँपालिकाका २३ बर्षिय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का ३२ बर्षिय रामबहादुर विष्ट रहेका छन् ।
सोमबार चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने बिषेश सुचना पाएके प्रहरीले उनिहरुलाई गोदावरी नगरपालिका वडा नं ४ बाट पक्राउ गरेको थियो ।
राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बढिकेदार गाउँपालिकामा शिकार गरी विक्रि वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । यस बारे थप अनुसन्धान भैरहेको र आवश्यक कारबाहिका लागि डिभिजन वन कार्यालयमा पठाईने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।










