हिन्दु धर्मालम्बीहरुको महानपर्ब दशैं सुरु, आज पहिलो दिन घटस्थापना

काठमाडौं । हिन्दुहरुको महानपर्ब दशै आजबाट सुरु भएको छ । दशदिन सम्म मनाइने दशैंको आज पहिलो दिन घटस्थापना मनाइदैछ । बिहानै नुहाइ धुवाइ गरि घटस्थापनाको दिन बिहानै घर घरमा शुद्ध माटो तथा गोबरले पोतेर ठाँउ शुद्ध बनाई शास्त्रीय विधि अनुसार घडा स्थापना गरी गहुं, जौं, मकै आदि छरेर जमरा राखिन्छ । आज राखिएको जमरा दशैको दसौं दिनमा टिकासंगै लगाइने गरिन्छ ।

यसरि शास्त्रीय विधि अनुसार राखिएको जमरालाई दशैंको दिन टीकासंगै लगाउँदा धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने धार्मिक गन्थहरुमा उल्लेख छ । आजबाट सुरु भएको दशैमा नौ दिनसम्म विभिन्न शक्तिपिठहरुको पूजा आराधना गरिन्छ ।

घटस्थानाको दिन हरेक बर्ष झै यस बर्ष पनि आज बिहान सवा ७ बजेको उत्तम साइत पारेर काठमाडौंको हनुमानढोका दशैंघरमा घटस्थापना गरी जमरा राखिएको छ ।

जमरा राखेसंगै महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा समेत नवरात्रीको पूजा गरिएको छ ।
यसैगरि, देशका अन्य शक्तीपिठहरुमा पनि घटस्थापनाको पुजासंगै जमरा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार