पहिरोको अर्को दुखत घटनाः आमा छोरीको मृत्यु ६ जना घाइते

बाजुरा । पहिरोमा परी आमा छोरीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

बाजुराको गौमुल गाँउपालिका वडा नम्बर ६ बसालामा गएराति पहिरो जाँदा आमा छोरीको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका हुन ।

राति करिब साढे १२ बजेतिर घरमाथीबाट आएको पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी किसुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

पहिरोमा परी ६ जना घाइते भएका छन् । घाइतेमध्ये ९५ बर्षिय जंग चदाराको अबस्था गम्भिर रहेको स्थानियले बताएका छन् । उनको गौमुल गाँउपालिकाको शहरि स्वास्थ्य इकाइमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी गंगा प्रसदा न्याउपानेका अनुसार घटना स्थलमा राति नै प्रहरी खटाइएको थियो ।
घटनास्थल सदरमुकाम करिब ४ घण्टाको पैदल दुरीमा पर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार