खेलकुदमन्त्री बिश्वकर्मा अब तेक्वान्दोका सातौं डान

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई तेक्वान्दो खेलको मानार्थ सातौं डान प्रदान गरिएको छ । विश्व तेक्वान्दो महासंघले शनिवार नेपाल भ्रमणमा रहेका महासंघका अध्यक्ष चोङ वो चोइले मन्त्री विश्वकर्मालाई उक्त पदले सम्मान गरेको हो ।

साथै महासंघका अध्यक्ष चोइले र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पनि मानार्थ छैटौं डान प्रदान गरिएको छ ।

महासंघको नीति तथा कार्यक्रम अनुसार महिला हिंसाबाट पीडित बालबालिका र कैदी जीवन बिताइ रहेका अभिभावकका बालवालिकालाई लक्षित गरी नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको एक वर्षे तेक्वान्दो विशेष तालिमको उद्घाटन अवसरमा मन्त्री विश्वकर्मा र राखेप उपाध्यक्ष तिम्सिनालाई मानार्थ पद प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार