निर्मला पन्तलाई न्याय माग्दा घाइते भएका अर्जुनलाई सरकारले मासिक २५ हजार दिने

काठमाडौं । कंचनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा घाइते भएका अर्जुन भण्डारालाई सरकारले मासिक २५ हजार उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले घाइते अर्जुनलाई जीवन निर्वाहका लागि मासिकरूपमा २५ हजार दिने निर्णय गरेको हो ।
निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै कंचनपुर सदरमुकाममा भएको आन्दोलनमा अर्जुन प्रहरीको गोली लागेर शक्त घाइते भएका थिए ।

आन्दोलनमा प्रहरीको गोली लागेर अर्जुनले एक खुट्टा नै गुमाएका छन् भने उनको बोली पनि बन्द भएको छ । अर्धचेत अवस्थामा विगत एक बर्षदेखि शिक्षण अस्पताल काठमाडौंमा उनको उपचार भइरहेको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा गतबर्ष भदौ ७ गते प्रहरीको गोली लागेर भीमदत्त नगरपालिकाका अर्जुन शक्त घाइते भएका थिए ।  सोहि घटनामा प्रहरीको गोली लागेर स्थानिय सनि खुनाको मृत्यु समेत भएको थियो ।

यस्तो छ घाइते अर्जुन भण्डाराको अवस्था, भिडियो हेर्नुहोस 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार