डिस्चार्ज भएलगत्तै विप्लव कार्यकर्ता पक्राउ

कैलाली । कैलाली बम बिस्फोटमा घाइते भएका विप्लव कार्यकर्तालाई डिस्र्चाज भएलगत्तै प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा घाइते लक्ष्मण सेरलालाई डिस्र्चाज भएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मंगलबार बिहान अस्पतालबाट डिस्चार्ज भएलगत्तै ह्विलचियरसहित प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
विप्लव कार्यकर्ता सेरला विस्फोटमा संलग्न भएकाले उनिमाथी आवश्यक अनुसंन्धान र कारवाही प्रकृया अघि बढाउन नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

धनगढीको सहीदगेटमा गत साउन २ गते मा विप्लव कार्यकर्ताले आफैंले बोकेको शक्तिशाली बम विस्फोटमा सेरला लगायत अन्य चारजना घाइते भएक थिए । उक्त घटनामा विप्लव कायृकर्ता राम सिंहको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार