आँधी आउने भयले दशौँ हजार मानिसहरु सुरक्षित स्थानतर्फ जाँदै

फ्लोरिडा । अमेरिकाको फ्लोरिडा र आसपासका क्षेत्रमा बुधवार माइकल आँधी आउने भयबीच दशौँ हजार मानिसलाई सुरक्षित स्थानतर्फ लाग्न आदेश दिइएको छ।

मेक्सिकोको खाडीबाट अमेरिकाको फ्लोरिडातर्फ माइकल नाम दिइएको विनाशकारी आँधी अघि बढिरहेको बताउँदै अधिकारीहरूले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन वा सुरक्षित स्थानतर्फ जाने आदेश दिएका छन्।

बुधवार अमेरिकी भूभाग पुग्ने ‘तेस्रो वर्ग’को त्यो आँधीले झण्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा हुरी ल्याइरहेको बताइएको छ।

माइकल आँधीले एयालाबामा, फ्लोरिडा र जर्जिया राज्यका भूभागमा क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ।

क्षति

त्यो आँधीका कारण मध्य अमेरिकाका विभिन्न स्थानमा कम्तीमा १३ जनाको ज्यान गइसकेको बताइएको छ।

माइकल आँधी अघि बढ्दै गर्दा फ्लोरिडाका अधिकारीहरूले त्यो राज्यको उत्तर पश्चिमी तटीय क्षेत्रमा बसोबास गर्ने मानिहसरूलाई सतर्क रहन चेतावनी दिएका छन्।

उनीहरूले बुधबार आँधी अमेरिकी भूभाग आइपुग्दा त्यसले ठूलो विनाश निम्त्याउन सक्ने बताएका छन्।

माइकल आँधीले साढे तीन मिटरसम्म अग्लो छालका साथै भारी वर्षा र मानिसहरूको ज्यान जोखिममा पार्न सक्ने बाढी ल्याउन सक्ने चेतावनी दिइएको छ।

उनीहरूले बुधबार आँधी अमेरिकी भूभाग आइपुग्दा त्यसले ठूलो विनाश निम्त्याउन सक्ने बताएका छन्।

माइकल आँधीले साढे तीन मिटरसम्म अग्लो छालका साथै भारी वर्षा र मानिसहरूको ज्यान जोखिममा पार्न सक्ने बाढी ल्याउन सक्ने चेतावनी दिइएको छ।

आँधी
तस्वीर कपीराइट AFP

फ्लोरिडाका गभर्नर रिक स्कटले अमेरिकी भूभागतर्फ आइरहेको आँधीलाई “ज्यानमारा आँधीको संज्ञा दिँएका छन्।

उनको भनाइमा त्यो “झन् झन् खतरनाक” हुँदै अघि बढिरहेको छ।

अधिकारीहरूले मानिसहरूले चेतावनीको पालना नगरेमा त्यसले ज्यान लिन सक्ने चेतावनी दिइसकेका छन्।

फ्लोरिडा राज्यका प्रमुख प्रशासक र आपत्‌कालीन सेवाका अधिकारीहरूले हजारौँ मानिसलाई घर छोड्न आदेश दिइएको छ।-BBC

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार