सेनाका मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ

काठमाडौं । नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागूऔषध  ब्राउन सुगरसहित इटहरीमा पक्राउ परेका छन् । सेनाका बहालवाला मेजर सिंहसहित अन्य २ जनालाई प्रहरीले सुनसरीको इटहरीबाट ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतना छेऊछाउबाट शनिवार सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीको धनगढी घर भएका सिंहलाई लागू औषध कारोबार गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरी लागू औषध ब्यूरोका एसएसपी वसन्त लामाले जानकारी दिए ।

विशेष सुराकीको आधारमा चेकजाँच गर्दा मेजर सिंह लगायतको साथबाट १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका मेजर सिंह लगायतसंग प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हाम्रा भिडियो सामाग्री पनि हेर्नुहोस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार