सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

डडेल्धुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंनचनपुरको टोलीले तीन लाख घुससहित डोटीमा कार्यरत सहायक वन अधिकृतलाई पक्राउ परेका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बिपिनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियारको टोलीले तीन लाख घुससहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधार आयोगको कार्यालय कंचनपुरको महेन्द्रनगरबाट खटिएको टोलीले डिसीबाट तीन लाख २६ हजार रकम बरामद गरेको आयोगले जनाएको छ ।

आयोग कंचनपुरका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेपछि उक्त रकम ठेकेदारले जम्मा गरेका थिए ।

अख्तियारको टोलीले डिसीबाट तीन लाख २६ हजार मात्रै बरामद गरेको सूचना अधिकारी विष्टले बताए ।  पक्राउ परेका डिसीलाई महेन्द्रनगर पुर्याई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार