काठमाडौ । कंचनपुरका बरिष्ठ पत्रकार खेम भण्डारीले निर्मला पन्त हत्यारा सर्मथकले आफु पक्राउ परेको हल्ला चलाएको बताएका छन् ।
आफ्नो अढाई बर्ष पुरानो भिडियोलाई तोडमोडगरी जनतामा भ्रम फैलाउन खोज्नेहरु नै निर्मला पन्तको हत्यारा सर्मथक रहेको पत्रकार भण्डारीको भनाई छ ।
उनको भाइरल भिडियोबारे अनमोलपोस्टलाई प्रतिकृया दिदै भने, “मेरो बिषयमा अहिले एउटा भिडियो भाइरल गरिएको रहेछ, त्यो साढे दुइबर्ष पुरानो हो । जुनबेला म लगाएत मेरो कार्यकारी सम्पादकलाई समाचार लेखेको निहुँमा कंचनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिले आएर उक्त भिडियो भाइरल गरिएको छ, यसबाट प्रस्ट हुन्छ, निर्मला पन्तको हत्यारा सर्मथकले नै यो भिडियो भाइरल गरेका हुन ।”
‘पत्रकार खेम भण्डारी पक्राउ’ भनि अहिले एउटा भिडियो सामाजिक संजालमा भाइरल छ । त्यस भिडियोमा पत्रकार भण्डारीले आफु र आफ्ना कार्यकारी सम्पादकलाई प्रहरीले प्रकाउ गरेको कुरा उनले फोनमार्फत कसैलाई बताइरहेको देखिन्छ । उनलाई प्रहरीले आफ्नो गाडीमा हालेर लगेको दृष्य उक्त भिडियोमा छ ।
उक्त भिडियोको सत्यतथ्यबारे यो भिडियो हेर्नुहोस ।











