अन्ततः क्रिकेटर सन्दीपलाई भिजा दिन बाध्य भयो अमेरीकी दूतावास

काठमाडौं । अन्तत काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन वाध्य भएको छ।
भिजा लिन मंगलबार विहान दूताबास पुगेका सन्दीपलाई भिसा दिन अस्वीकार गरिएको थियो ।

सबै प्रकृया पुर्याएर भिजा अप्लाई गर्दा दूतावासले अस्विाकार गरेको भन्दै सन्दीपले टुइटरमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै लेखेका थिए । जुन कुराले सबैतीर हल्लाखल्ला भएपछि केहीबेर अधिमात्रै  आवश्यक कुराकानी गरी दूतावासले भिजा दिएको सन्दीपले बताए।

अन्तमा भएपनि आफ्नो भिजा स्विकृती गरेकोमा सन्दीपले दूतावास लगायत भिजा स्विकृतीका लागि आ आफ्नो ठाँउबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग २०१९ (सिपिएल) खेल्न जानका लागि भिजा अप्लाई गरेका थिए । सेप्टेम्बर ४ तारिखबाट सुरु हुने सिपिएल लिगमा सन्दीप बार्बाडोस ट्रिडेन्टसबाट खेलनेछन् । उनले अघिल्लो बर्ष पनि यो लिग खेलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार