काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक स्थगित गरिएको छ ।
साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओली आज पुनः एकाएक अस्वस्थ्य भएको नेकपाले जनाएकोे छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी सचिवालयको बैठक भोलीसम्मका स्थगित गरिएको छ ।
सचिवालय बैठकमा केन्द्रीय कार्यसमितिको कार्यविभाजन लगायतको विषयमा छलफल हुने एजेण्डा तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
अध्यक्ष प्रचण्डले भेटे
पार्टीका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे भेटेर जानकारी लिएका छन् । एक्कासी बिरामी भएको खबर पाउना साथ प्रचण्ड भेट्न गएका थिए । प्रचण्डका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएको र जीउ दुख्ने स्वास्थ्य समस्या छ।














