३६५ जना कलाकारद्धारा विश्व किर्तिमान रेकर्ड, सुदूरपश्चिमेली पनि सहभागी

काठमाडौँ — नेपाली कलाकारहरुले नयाँ विश्व किर्तिमान रेकर्ड गरेका छन् । दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजित उक्त एतिहासिक कार्यक्रममा नेपालका पुर्बदेखि पश्चिमसम्मका चर्चित कलाकारहरुले सामुहिक स्वरमा गीत गाएर उक्त किर्तिमान कायम गरेका हुन ।

किर्तिपुरस्थित क्रिकेट मैदानमा बिहीबार आयोजित कार्यक्रममा ३६५ जना गायक, गायिकाहरुले एकै समूहमा “जोगाऔं माटो, जल, जमिन, जंगल, यहि हो हाम्रो धन, नयां नेपालको संकल्प “ बोलको गीत गाएर विश्व किर्तिमान कायम गरेको मिलनचालीका अभियान्ता निपेश ढाकाले जानकारी दिए । कार्यक्रममा सहभागी भएर विश्व किर्तिमान कायम गर्ने सम्पुर्ण कलाकार र आयोजकहरुलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

३३ मिनेट ४९ सेकेन्डको गीत २०७३ जेठ ६ गते रेडियो नेपालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको थियो भने २०७४ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट लोकार्पण गरिएको थियो । जुन कुरा कलाकारहरुलाई दिइएको प्रमाणपत्रमा पनि उल्लेख छ ।

किर्तिमानी कायममा सुदूरपश्चिमेली कलाकारको पनि सहभागीता 

(तस्बिरमा, गायक- नन्दकृष्ण जोशी)
बिश्व किर्तिमानी कायम गर्ने एतिहासिक कार्यक्रममा सुदूपश्चिमका अग्रज देखि चर्चित कलाकारहरुको पनि सहभागिता थियो । कार्यक्रममा लोक तथा देउडा गायक नन्दकृष्ण जोशी, कलाकार आराज केशव, गायिका पुष्पा बोहरा लगायतले सहभागिता जनाएका थिए ।

  (तस्बिरमा, गायक- आराज केशव)

बिश्व किर्तिमानी रेर्कड कार्यक्रममा आफु पनि सहभागी हुन पाउँदा गर्व महसुश भएको गायिका पुष्पा बोहरा बताईन ।

(तस्बिरमा, गायिका- पुष्पा बोहरा)

अन्य तस्बिरहरु:

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार