पत्रकार सम्मेलनमा रविले भने, ‘राजनिती भन्दा संचारक्षेत्रबाट नै अझ खरो रुपमा उत्रिन्छु,


काठमाडौं । संचारकर्मी रवि लामिछानेले राजनिती भन्दा पनि संचारक्षेत्रबाट नै जनताको सेवा गर्ने बताएका छन् । रिहाइ पछि पहिलो पटक मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै उनले जनताको पक्षमा अझै खरो रुपमा उत्रिने बताएका हुन।

‘ म हिरासतमा हुँदा जनताले देखाएको माया सदभाव अमुल्य छ, मलाई थाहा थिएन म प्रति जनताको यति धेरै माया स्नेह रहेछ । म अझै जनताका आवाजहरु खरो रुपमा बोल्नेछु ।’

जनताले तपाईलाई देशको नेतृत्व तहमा देख्न चाहेका छन नी, भन्ने संचारकर्मीहरुको प्रश्नमा उनले भने, “आफ्नो पहिलो प्राथामिकता संचारक्षेत्रबाट जनताका आवाज उठाउने हो, जनताबाट चुनिएका नेताहरुलाइृ जिम्मेवार बनाउने हो । तर , जति गर्दा पनि हुँदै भएन भने मेरो लागि राजनीति पनि एउटा विकल्प हुनसक्नेछ ।”

आफु पैसाका लागि संचारक्षेत्रमा नआएको भन्दै रविले आफुलाई पैसा खाएको आरोप लगाएहरुलाई प्रमाणित गर्न चुनौती पनि दिए ।
पत्रकार सम्मेलनपछि रविले आजै दिउँसो २ बजे चितवनको नारायणी किनारमा धन्यवाद सभाको आयोजना पनि गर्दैछन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका रवि सोमबार मात्रै ५ लाख धरौटी बुझाएर दश दिने प्रहरी हिरासतबाट बाहिर आएका हुन ।

उनिमाथी पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्धा लागेको छ । यो मुद्धाबाट उनि अहिलेनै पुर्णरुपमा निर्दोष सावित भइसकेका छैनन् ।

उक्त मुद्धामा मुछिएका उनकै सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की पनि सोमबार रिहा भएका छन् । कँडेल ३ लाख र कार्कीलाई शुद्ध तारेखमा रिहा गरिएको हो ।

यो पनि हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार