प्रर्दशनकाक्रममा पक्राउ परेका रवि समर्थकहरु पनि रिहा


काठमाडौं । प्रर्दशनका क्रममा पक्राउ परेका संचारकर्मी रवि लामिछाने समर्थकहरु थुनाबाट छुटेका छन् । विभिन्न मितिमा पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहर िकार्यालय चितवनले अभिभावकको उपस्थितीमा छाडेको चितवन प्रहरीले जनाएको छ ।

प्रर्दशनका क्रममा ढुंगामुडा गर्ने, होहल्ला गर्ने, सामाजिक संजालमा गाली गलौच गर्ने सोमबारसम्म ४८ जना रवि समर्थकहरु पक्राउ परेका थिए ।
उनिहरुलाई आज बिहानैदेखि आफन्तको रहोबरमा छोड्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लगायत उनका सहकर्मी युवराज कँडेल नर्स अस्मिता कार्कीको नाम मुछिएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन कसूरमा मुद्धा चलाएको थियो ।

सोमबार चितवन जिल्ला अदालतमा भएको थुनछेक बहशमा रविलाई ५ युवराजलाई ३ लाख धरौटीमा छोड्न आदेश गरिएको थियो । साथै अस्मितालाई शुद्ध तारेखमा रिहा गरिएको हो ।
उनिहरुको पहिलो तारेख असोज ५ गतेका लागि तोकिएको छ ।

यो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार