
काठमाडौं । अर्थमन्त्री डा।युवराज खतिवडाले सडक सुरक्षाका सरकारले भेहिकल फिटनेस सेन्टर स्थापनालाई प्राथमिकतामा राखेको बताएका छन् ।
मंगलबारबाट राजधानीमा सुरु भएको सवारी साधनहरुको मेला नाडा अटो शोलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले प्राथमिकतासाथ देशै भर भेहिकल फिटनेस सेन्टर स्थापना गर्ने जानकारी दिएका हुन ।
‘सडक सुरक्षा सरकारको मुख्य प्राथमिकतामा छ, यसका लागि सुरक्षाका लागि विद्यमान कानुन पुनर्मूल्याकंन गर्न सुरु गरिएको छ’ अर्थमन्त्री खतिवडाले भने ।
अर्थमन्त्री खतिवडाका अनुसार सरकारले अन्तर्राष्ट्रिय दातृ निकायसंग मिलेर सडक सुरक्षाका लागि काम गरिरहेको छ ।
सडकमा सञ्चालनमा रहेका गाडी कति सुरक्षित छन् भनेर गरिने जाँच केन्द्रलाई भहिकल फिटनेस सेन्टर भनिन्छ । काठमाडौं टेकुमा सरकारले स्थापना गरेको नेपालकै पहिलो फिटनेस सेन्टर सञ्चालनमा छ ।













