
काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेतमा गाईगोरु मरेको घटनाबारे चासो व्यक्त गरेका छन् ।
मंगलबार मन्त्रिपरिषद्का सदस्यहरुसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्दै उनले घटनाबारे चासो व्यक्त गरेका हुन् ।
भिडियो बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले उक्त घटनाबारे प्रधानमन्त्रीलाई जानकारी दिदैं छानविन सुरु भइसकेको बताएका थिए ।
गाईगोरु मरेको घटनाको सत्यतथ्य पत्त लगाई दोषी जोसुकैलाई कडा कारवाही गर्न प्रधानमन्त्री ओलीले भिडियो बैठकमार्फत निर्देशन दिएका थिए।
बाँकेको नेपालगंजबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रका लागि पठाइएका २ सय ९० गाईगोरु तथा बाच्छाबाच्छीमध्ये २४ वटा सुर्खेतको कटकुवा जंगलमा मृत अवस्थामा भेटिएपछि यस घटनाले चर्चा पाइरहेको बेला प्रधानमन्त्रीले समेत चासो ब्यक्त गरेका छन ।









