आइडल दाबेदार रवि वडं ‘टप ९’ मा पुग्न सफल

काठमाडौं । नेपाल आइडल सिजन २ का आइडल दाबेदार रवि वडं प्रतियोगिताको उत्कृष्ट ९ मा पर्न सफल भएका छन् । एपि वान टिभीद्धारा आयोजित तथा प्रसारित नेपाल आइडल २ को उत्कृट १० बाट रवि दर्शकको भोटका आधारमा उत्कृष्ट ९ मा पर्न सफल भएका हुन ।

आइडलको प्रतिस्र्पधामा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी कञ्चनपुरका रविले गाला राउण्डमा भोटिङका लागि हिजो गीत गाएका थिए । त्यसैगरि उत्कृष्ट १० प्रतिस्पर्धी मध्येबाट गोल्डेन माइक विजेता चितवनका मीनराज पौडेल आउट भएका छन्। अस्वस्थताका कारण मीनराजले भोटिङका लागि गीत गाउन सकेका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार