किशोरी अपहरणको आरोपमा ३ जना पक्राउ

कैलाली । किशोरी अपहरण गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । कैलालीको धनगढीबाट शनिबार राति एक १६ वर्षीया किशोरीलाई आफूहरु प्रहरी भएको बताउँदै अपहरण गरेको आरोपमा तीनजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १६ का २१ वर्षीय अनिल राना, २२ वर्षीय सन्दीप राना र २९ वर्षीय लोकेन्द्र खडायत रहेका छन् ।

किशोरीको उद्धार गरी अपहरणमा संलग्न तीनै जनालाई आइतबार राति नियन्त्रणमा लिइ कारवाही प्रकृया अघि बढाइएको डीएसपी बस्नेतले बताए । अपहरणकारीहरुले आफुलाई प्रहरी भएको भनेपछि किशोरीका आफन्तले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार