
नवलपरासी । गात्रसवाहक बसमा अचानक आगो लागेको छ । ंकंचननपुरको बेलौरीबाट काठमाडौंका लागि छुटेक ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा अचानक आगो लागेको हो ।
बिहीबार बिहाज करिब ५ बजेतीर पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा उक्त बसमा आगलागी भएको नवलपरासी जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
दाउन्नेमा बस बिग्रिएपछि यात्रुहरूलाई अर्को गाडीमा राखेर बसको मर्मत गर्ने क्रममा इन्जिन सर्ट भएर आगलागी भएको डिएसपी थापाले बताए ।
जिल्लाको बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा रोकिराखेको अवस्थामा अचानक बसमा आगलागी हुँदा बसमा पुरै क्षती पुगेको छ । बसमा रहेका यात्रुलाई अर्को गाडीमा पठाइ सकेकाले मानविय क्षती भने हुन पाएन।
‘













