बझाङमा पनि डेंगु संक्रमित, सुदूरपश्चिममा ३५ जना डेंगु संक्रमित पुगे

डडेल्धुरा । डेंगुका बिरामी सुदूरपश्चिमको बझाङमा भेटिएको छ । बझाङको बुंगल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरालाई परिक्षण गर्दा डेंगी संक्रमित भेटिएको डडेल्धुरा अस्पतालले जनाएको छ।

लगातार १० दिनसम्म ज्वरो आएपछि उपचारका लागि डडेल्धुरा ल्याइएका बालकमा डेंगु भेटिएको अस्पतालका डा.जीवन खरेलले बताए।
उनलाई लगातार ज्वरो आँखाको नानी दुख्ने, पिसाबमा रातो रगत जस्तोलगायतका लक्षण देखिएको परिवारका सदस्यले बताएका छन् ।
उनको अहिले उपचार भइरहेको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिममा ३५ जनामा डेंगी

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा अहिलेसम्म ३५ जनामा डेंगुको संक्रमण देखिसकेको बताइएको छ। डेंगुकै कारण डोटीमा एक जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो तथ्याकं अनुसार दार्चुलामा ८, कञ्चनपुरमा ७, डोटी, अछाम, बैतडी र बझाङमा १-१ र कैलालीमा १६, जना गरी ३५ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय राजपुर दिपायल डोटीले जनाएको छ। डेंगु रोग नियन्त्रणका लागि प्रदेश सरकारका तर्फबाट केहि दिन अघिदेखि विभिन्न कार्यक्रमहरु संचालन गरिएका छन् ।

काठमाडौं लगायत ५७ जिल्लामा डेंगु
पुर्बको धरानबाट सुरु भएको डेंगु अहिले देशका ५७ जिल्लामा फैलिसेको छ । डेंगुका कारण आधा दर्जनबढिको मृत्यु भइसकेको छ भने सयौं बिरामी अहिले अस्पतालमा भर्ना भएका छन् ।

डेंगुका कारण केहि दिनअघि सरकारका एकजना मन्त्री समेत संक्रमित भइ पाँच दिन अस्पताल भर्ना भइ घर फर्केका थिए । काठमाडौंमा डेंगु बिरामीको उपचार गरी रहेका चिकित्सक र नर्सहरु समेत बिरामी भएका थिए । जसका करण जनतामा झनै त्रास फैलिएको छ ।

यो महत्वपुर्ण भिडियो पनि हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार