बहुमत कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न सकेन- नेता पौडेल

दमौली । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई जिताएर जनता पछुताउन थालेको टिप्पणी गरेका छन् । दशैको अवसरमा दमौलीको व्यास नगरसमितिले आयोजनामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्ट सरकारका पालामा अहिलेसम्मकै बढि महँगी, भ्रष्टाचार र बलात्कारका घटनाहरु बढेको बताए ।

जनतालाई दुख मात्रै दिएको र बलात्कारीलाई न्याय दिन नसकेको भन्दै जनता निराश भएको नेता पौडेलको भनाई थियो । जनताले के के न गर्लन भनेर कम्युनिष्ट पार्टीलाई भोट हाले उनले भने, “जनताको बहुमत पाएको कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न सकेन ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार