बैतडीमा बस दुर्घटना, २१ घाइते ७ को अवस्था गम्भिर

बैतडी । बैतडीमा बस दुर्घटना हुँदा २१ जना यात्रु भाइते भएक छन । घाइतेमध्ये ७ यात्रुको अवस्था गम्भिर रहेको बैतडी प्रहरीले जनाएको छ ।

कंचनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नंम्बरको यात्रुवहाक बस पाटन-मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते हुनेहरुमा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड, यस्तै गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साँउद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान गम्भीर घाइते छन् । उनिहरुलाइ उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ ।

प्रहरीका अनुसार बसमा ३० जना यात्रु सवार रहेका थिए । बस सडकभन्दा १० मिटरमात्रै तल खसेको थियो छ । बसका चालक भने फरार छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार