पत्रकार परियारको चरित्र हत्या भएको महासंघको ठहर, दोसीउपर कडा कारवाहीको माग

कपिलवस्तु । कपिलवस्तुका पत्रकार चिन्ता परियार (दर्जी) ले स्थानिय एक अस्पतालबाट धम्काएर पैसा मागेको भन्ने म्यासेन्जर कुराकानी झुट सावित भएको छ ।
पत्रकार परियार र चन्द्रौटाका एक व्यवसायीबीच भएको म्यासेन्जर कुराकानीबारे गठित छानविन समितिले परियारको चरित्र हत्या गरिएको भन्दै दोसीउपर हदैसम्मको कारवाहीको माग गरेको छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्य समेत रहेका पत्रकार परियार र चन्द्रौटाका व्यवसायी विजय जैसवाल र अस्पतालसंग जोडिएको घटना सम्बन्धमा छानविन गर्न शाखाले शुक्रबार ३ सदस्यीय छानबीन समिति गठन गरेको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीको संयोजकत्वमा गठित छानविन समितिमा प्रदेश सदस्य मनोज कुमार श्रीवास्तव तथा शाखा अध्यक्ष डिलाराम भुसाल रहेका थिए । गठित समितिले उक्त प्रकरणबारे पत्रकार चिन्ता परियार, व्यवसायी विजय जैसवाल र अस्पतालका संचालक अब्दुुल अलिमसंग छुट्टाछुट्टै भेटघाट गरी सोधपुछ गरेको थियो ।

पत्रकार परियार र विजय जैसवालबीच विगत लामो समयदेखिको व्यक्तिगत द्धन्द्ध र सोही द्धन्द्धका कारण पत्रकार परियारको चरित्र हत्या गर्ने उद्धेश्यले गरिएको किर्ते फेसबुक म्यासेन्जरबारे महासंघले आपत्ती प्रकट गरेको छ ।

छानविन समितिको प्रतिवेदन अनुसार महासंघका अध्यक्ष डिलाराम भुसालद्धारा जारी विज्ञप्तीमा भनिएको, “पत्रकार परियार तथा जैसवालबीच बिगत लामो समयदेखि ब्यक्तीगत द्धव्द भएको र सोहि रिसीइभीका आधारमा पत्रकार परियारको चरित्र हत्या गर्ने उदेश्यले गरिएको उक्त किर्ते पद्धतीको पत्रकार महासंघ घोर आपत्ती प्रकट गर्दछ । उक्त घटनाबाट पत्रकार परियारको सामाजिक, मानसिक पीडाप्रति महासंघ दुख व्यक्त गर्दै किर्ते विवरण सामाजिक संजालमा पोष्ट गर्ने विजय जैसवाललाई विद्युतिय अपराध ऐन अनुसार हदै सम्मको कारवाहीका लागि शाखाले सम्बन्धित निकाय संग जोडदार माग गर्दछ । साथै पत्रकारका विषयमा सामाजिक संजालमा केहि दिन यता भइरहेको उछ्रङ्खल र असभ्य टिका टिप्पणी तथा आरोप प्रति महासंघ गम्भीर बनेको छ । सामाजिक संजाल प्रयोगकर्ताले आवश्यक प्रमाण तथा आधार बिना लगाइने आरोप तथा टिकाटिप्पणी प्रति नसच्चिए कानूनी उपचार खोज्न महासंघ बाध्य हुनेछ ।”

पत्रकार परियार र एक ब्यवसायीबीच यसरि न्यूजलाई लिएर फेक बार्गेनिङ गरिएको थियो । जसलाई षड्यन्त्रकारीहरुले भाइरल गर्दै परियारमाथी तथानाम गाली गलौच समेत गरेका थिए ।

(पत्रकार परियार र एक ब्यवसायीबीचको फेक कुराकानी ।)

घटनाबारे के भन्छन पत्रकार परियार
पत्रकार चिन्ता परियारले आफुमाथी लगाइएको गम्भिर आरोप र चरित्र हत्याले आफु निकै दुखी भएको बताएका छन् । हुंदै नभएको कुरालाई फेक बनाएर आफ्नो चरित्र हत्याले सामाजमा आफुलाई हिड्न समेत गाह्रो बनाएको उनको भनाई छ ।

इमानदारिता साथ सधै न्याय, समानता, र विकासका पक्षमा समाचार लेख्दै आएको भन्दै पत्रकार परियारले भने, “छानविन समितिले गरेको निर्णय अनुसार दोसमाथी कडा कारवाही होस, समाचार लेखेकै भरमा कुनैपनि संचारमाध्यम र पत्रकारमाथी भइरहेका आक्रमण बन्द गरियोस । कुनै प्रमाण बिना जसरि मेरो चरित्र हत्या गरियो र समाचार लेखेकै कारण जसरि फसाउन खोजियो त्यो भोली अन्य पत्रकारमाथी पनि हुन सक्छ, त्यसमा सबै सचेत हुनुपर्छ ।”

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार