एसिड पिडित मुस्कानलाई जब अमिताभ बच्चनको सन्देश आयो…


काठमाडौं । एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कान खातुनलाई चर्चित ब्यक्तीहरुले सहानुभुती र माया देखाउने क्रम जारि छ । खासगरी भारतिय शुप्रसिद्ध कलाकारहरुले मुस्कानमाथी गरिएको गम्भिर अपराधप्रती गहिरो दुख ब्यक्त गरिरहेका छन् ।
पछिल्लो पटक भारतिय चर्चित कलाकार अमिताभ बच्चनले मुस्कानलाई हौसलापुर्ण भिडिओ सन्देश पठाएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा उनले पठाएको भिडिओ सन्देशमा मुस्कानको शीघ्र स्वास्थ्यको कामना गर्दै सहानुभुती ब्यक्त गरेका छन् ।
अमिताभले हिन्दी भाषामा बोल्दै भनेका छन्, “मुस्कान, तिमीमाथि जे भयो त्यो कुनै पनि बच्चालाई हुनु हुँदैन, जे भयो सारै गलत भयो । मलाई विश्वास छ तिम्रो देशको कानुनले अपराधीहरुलाई पक्राउ गरी सजाय दिनेछ।”

मुस्कानमाथि भएको जघन्य अपराधबारे यसअघि बलिउड अभिनेता वरूण धवनले पनि मुस्कानलाई सहानुभुती दर्शाउँदै एक भिडिओ सन्देश पठाएका थिए । त्यसैगरी, द भ्वइस अफ नेपालका एक जज तथा लोकपृय गायक राजु लामाले पनि केहि दिन अस्पताल पुगेरै मुस्कानलाई भेटेका थिए।

विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कानमाथि भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा एसिड आक्रमण भएको थियो। उनलाई एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउगरी कारवाही अघि बढाइसकेको छ ।
मुस्कानको अहिले कीर्तिपुर अस्पतालमा उपचार जारि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार