‘नेकपा ‘सी पथ’ मा गयो भन्नु बौद्धिकहरुको अबौद्धिक तर्क’

                                                                                                       File Photo
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सी पथमा गयो भन्नु ‘बौद्धिकहरुको अबौद्धिक तर्क’भएको बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भने, अहिले एक्थरी बुद्धिजिवीहरुले नेकपालाई सी पथको अनुशरण गर्यो भनेर भनिरहेका छन त्यसको कुनै अर्थ छैन । नेकपा सी पथमा गयो भन्नु बौद्धिकहरुको अबौद्धिक तर्क हो ।
प्रधानमन्त्री ओलीले कसैको सिद्धान्तबारे सुन्दैमा त्यही सिद्धान्त अनुशरण गरेको भन्न नमिल्ने बताए । नेकपाको आफ्नै सिद्धान्त र विचार रहेको उल्लेख गर्दै उनले भने, “हिजो मेरो कुरा सुन्नु भयो होला, महात्मा गान्धीको विचारबारे लामो बोलेँको थिएँ, मैले माहात्मा गान्धीको विचारबारे बोलेँ भन्दैमा उनकै विचार लागू हुन्छ त ?”

उनले नेपाल र चीनको आ–आफ्नै मौलिक सिद्धान्त रहेको पनि बताए । निकट भविष्यमै हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण दुवै देशको आपसी सम्बन्ध र सहकार्यमै केन्द्रीत रहने बताए उनले जानकारी समेत दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार