दमक । झापाको भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ ।
झापाको बेलडाँगी–२ मा बाक्लो बस्ती रहेको शिविरमा ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति भएका छन् । आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएक छन् ।
आगो नियन्णका लागि नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीले काम गरिरहेका छन् । आगलागीबाट एक जना शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । अहिले आगो नियन्णको काम भइरुहेकाले क्षतिको विवरण संकलन गर्न बाकीं रहेको प्रहरीले जनाएको छ ।








