सत्तामा गएपछि फेरिने कम्युनिस्टको रोगले परिवर्तन खतरामा : प्रचण्ड

धनगढी । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरु सत्तामा गएपछिको व्यवहार फरक हुने बताएका छन् । उनले सत्तामा पुगृपछि फरिने कम्युनिस्टको पुरानो रोग भएको बताए ।

कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्न शुक्रबार धनगढी पुगेका प्रचण्डले कम्युनिस्टहरुले सत्ता पाएको केहीवर्ष पछि कर्मचारी जस्तो हुने गरेको दाबी गरेका छन् । कम्युनिस्टलाई व्यंग गर्दै उनले भने ‘सत्तामा नजाँदासम्म नेता असाध्यै राम्रा, जति दुःख पाएपनि भूमिगत बस्ने, जनताको घरमा जाने, जनता जस्तै हुन्छन्’ ।

उनले कम्युनिस्टको फेरिने बानीले गर्दा देशको परिवर्तन खतरामा पर्ने डर हने बताएका छन् । नेताहरु सत्तामा पुगेपछि देशको भन्दा पनि आफ्नै परिवर्तन बढी देख्न चाहने सोच विचारले गर्दा परिवर्तन धरापमा पर्ने गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफु र पैसाको लोभमा पर्ने नेताहरु विस्तारै पतन भएर जाने गरेको स्मरण पनि गरे । परिवर्तनका लागि सबैले सोंच र विचार पनि बदल्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार