ग्याँस बोकेको ट्रक दुर्घटना, एकको मृत्यु


बैतडी । ग्याँस बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बैतडीमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका गोपाल सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धनगढीवाट दार्चुलातर्फ गइरहेको ग्यास बोकेको से १ ख १९२३ नम्बरको मिनि ट्रक बिहीबार बिहान करिब २ बजे सतबाँझ गोकुलेश्वर सडकखण्को सिन्के लेकमा दुर्घटना भएको हो ।

ट्रक सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटनाको कारण चालक निदाएको वा ब्रेक फेल भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार