राप्रपा अध्यक्ष कमल थापा चीनमा टेनिस खेल्दा खेल्दै घाइते


काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा चीनको सेञ्जेन शहरमा टेनिस खेल्दा खेल्दै घाइते भएका छन् । खेलिरहेकै बेला शरीरमा एक्कासी समस्या आएपछि थापाले खेल्न छाडेका छन् ।

चीनको सेञ्जेनमा आयोजित आईटीएफ सेञ्जेन इन्टरनेशनल सिनियर सर्किट -२०१९ मा भाग लिन कात्तिक ८ गते त्यहाँ पुगेका थापाले पहिलो खेलमा चीनका ओउ सिहाङलाई ६-० र ६-० मा पराजित गरेका थिए ।
थापाले नेपाल भ्रमण बर्ष-२०२० लेखिएको जर्सी लगाएर टेनिस खेलेका थिए । राप्रपा अध्यक्ष थापा टेनिसका राम्रा खेलाडी मानिन्छन् ।

पहिलो खेलमा जीत हात पारेका थापाले अर्को खेलमा भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा ३-० ले जितेका थिए । तर, दोस्रो सेटमा जितिरहेको अवस्थामा थापाको मांसपेशीमा समस्या देखिएको थियो ।

घाइते भएपछि वीचैमा उनले खेल छाडेको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । थापाको पिँडुला र तिघ्राको मांसपेशीमा एकैसाथ गम्भीर समस्या भएकाले जितिरहेको खेल बीचैमा छाड्नु परेको बर्तौलाले बताए । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार