कपिलवस्तुमा प्रहरीको गोलीबाट मारिने व्यक्ति भारतीय नागरीक

कपिलवस्तु । कपिलवस्तुमा प्रहरी र स्थानीयवासीबीच भएको झडपका क्रममा मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।
लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार साँझदेखि नै दुई पक्षबीच विवाद भएको थियो ।

बिहिबार दिउँसो पनि प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागी सीमा क्षेत्र बढनीका सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।

मृतक पाण्डे नेपाली भूमिमा चिया पसल सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

विवादलाई साम्य पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । तर, स्थानीय उल्टै उग्र भई प्रहरीतर्फ पनि ३ जना घाइते भएपछि गोली चलेको जनाइएको छ ।

याे पनि पढ्नुहाेस् । 

मूर्ति विसर्जनबारे विवाद बढेपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यूू, स्थिती तनावग्रस्त

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार