इरानमा । इरानमा भूूकम्पका कारण पाँज जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् । इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार दिउँसो भूकम्प गएको हो । भूकम्प ५।९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ ।
त्यसैगरी भूकम्पका कारण कम्तीमा ३० घर क्षतिग्रस्त भएको प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले जानकारी दिएका छन् । प्रान्तका ४१ वटा गाउँमा उद्धारकार्य जारी रहेको र दुईवटा क्षेत्र सर्वाधिक प्रभावमा परेका छन् ।














