सुदूरपश्चिमका पहाडी जिल्लामा भुकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । भारतलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पले नेपालको सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का पुगेकोे हो ।
भूकम्प बिहान ७ः४५ बजे गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिए ।

शाहका अनुसार अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार