
काठमाडौं । भारतले सिमा मिचेको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली चुप रहेको भन्ने आवाज उठिरहेका बेला प्रधानमन्त्रीले भारतलाई
कालापानीबाट आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका छन् ।
नेपाली भुमि एक इन्च पनि कसैलाई मिच्न नदिइने भन्दै उनले कालापानीबाट भारतिय सेना फिर्ता लैजान भारतलाई स्पक्ष्टरुपमा आग्रह गरेका छन् ।
सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले आफ्नो अतिक्रमित भूमि फिर्ता लिएरै छाड्ने बताए ।
“हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ र अरुको जमिन पनि लिनौं प्रधानमन्त्री ओलीले भने, तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् , विदेशी फौज फिर्ता गराएरै छाड्छौं।”
यसअघिका शासकको कमजोरीका कारण नेपालको भुमि मिचिएको बताउँदै उनले नेपालको गुमेको भुमि एक एक गरी फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको समेत दावी गरे ।
प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालमा पछिल्लो समय ठुला शक्तीराष्ट्र प्रमुखहरुको भ्रमण भइरहेको बताए ।














