प्याजको भाउ बढेपछि बंगलादेशकी प्रधानमन्त्रीले खान छाडिन्

काठमाडौं । नेपाली बजारमा पनि प्याजको मूल्य आकाशिएको छ । प्याजको भाउ ह्वात्तै बढेपछि सबै नागरिक चिन्तित छन् । दाल, तरकारी र मासुमा समेत हाल्नु पर्ने प्याज छुई नसक्नु भएपछि चिन्तित बनेका हुन् ।

प्याजको भाउ नेपालमा मात्रै नभएर अन्य मुलुकमा पनि आकाशिएको छ ।

बंगलादेशमा अहिले प्याजको हाहाकार छ। अरू बेला प्रतिकिलो ३० टाका ९बंगलादेशी मुद्रा० मा पाइने प्याज अहिले एक किलोका २६० टाका पुगेको छ। प्याजको अभाव र महंगी यति छ कि प्रधानमन्त्री शेख हसिनाले प्याज नै खान छोडिदिएकी छन्।

हसिनाको सचिवालयका प्रेस उपसचिव हसन जहिद तुसरले हवाइजहाजबाट प्याज आयात भइरहेको बताए।

‘प्रधानमन्त्रीले पनि प्याज खान छोडिदिनुभयो। शनिबार प्रधानमन्त्री निवासमा पाकेका कुनै पनि खानामा प्याज राखिएको थिएन,’ उनले भने।

ठूलो मात्रामा प्याज खपत हुने बंगलादेशमा भारतले निर्यात प्रतिबन्ध लगाएपछि अभाव हुन थालेको हो। अहिले बंगलादेश सरकारले म्यानमार, टर्की, चीन र इजिप्टबाट प्याज आयात गरेर माग धान्ने प्रयास गरिरहेको छ।

ट्रेडिङ कर्पोरेशन अफ बंगालदेशले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल खोलेको छ। त्यहाँ ४५ टाकामा एक किलो प्याज पाइन्छ।

सुपथ मूल्यमा प्याज किन्न मान्छेहरू घन्टौंदेखि लाइन बसेका हुन्छन्। कतिलाई त पुग्दैन्

एजेन्सी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार