बाङ्ग्लादेश । बाङ्ग्लादेशमा सातजना इस्लामवादीहरूलाई मृत्युदण्ड सुनाइएको छ । ढाकाको एक क्याफेमा २२ जनाको मृत्यु हुनेगरी सन् २०१६ हमला गराएको अभियोगमा मृत्युदण्ड सुनाइएको हो।
ढाकामा रहेको विशेष अदालतले बुधवार मृत्युदण्डको फैसला सुनाएको बताइएको छ । यसअघि हमलाको योजना बनाएको र हमलाकारीलाई हतियार उपलब्ध गराएको आरोपमा ८ जनाविरुद्ध मुद्दा चलेको थियो। ति मध्ये अदालतले १ जनालाई भने मुक्ति गिरिएको छ ।
२२ जनाको ज्यान जानेगरी भएको हमलामा ज्यान गुमाउने मध्ये अधिकांश विदेशी नागरिकहरू थिए।
त्यसपछि पनि पटक पटक विभिन्न बाहानामा गरिएका हमलामा परी बाङ्ग्लादेशमा एक सय भन्दा धेरैले ज्यान गुमाई सकेका छन् ।










