काठमाडौं । यतिबेला १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारी भव्य भइरहेको छ । दशरथ रंगशालामा मंसिर १५ गतेबाट सुरु हुने प्रतियोगिताको लागि भव्य तयारी भइरहेको हो ।
सागको पुरुष फुटबल प्रतियोगितामा भारत पनि सहभागी नहुने भएको छ । बिहीबार सार्वजनिक खेलतालिका अनुसार अन्तिममा आएर भारतले सहभागी नहुने बताएको छ ।
प्रतियोगितामा यसअघि पाकिस्तानले सहभागी नहुने बताइसकेको छ। भारत पनि सहभागि नहुने भएपछि अब पुरुष फुटबलमा नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटानमात्र सहभागी हुनेछ ।
डिसेम्बर २ बाट सुरु हुने पुरुष फुटबलमा नेपालले पहिलो खेल डिसेम्बर ३ मा भुटानसँग खेल्नेछ ।













