कञ्चनपुरको डोकेबजारमा स्मार्ट शौचालय बनाउँछौं : मन्त्री मगर

कञ्चनपुर । खानेपानीमन्त्री बीना मगरले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा स्मार्ट शौचालय र प्रवेशद्वार निर्माण गरिने बताएकी छन् । भारतीय सीमा नजिकैको डोकेबजार क्षेत्रको अवलोकन गर्दै शुक्रबार उनले डोकेबजारको सौन्दर्य अभिवृद्धि र स्वच्छताका लागि स्मार्ट शौचालय र प्रवेशद्वार निर्माण गरिने बताउनुभयो । उहाँले चालू आवभित्रै स्मार्ट शौचालय र प्रवेशद्वार बनाइसक्ने बताए ।

निर्वाचन क्षेत्र विकास कोषको रकम खर्चेर प्रवेशद्वार निर्माण गरिन लागेको हो । प्रवेशद्वार २१ मिटर चौडाइको हुने बताइएको छ । पुनर्वास नगरपालिका–३ मा वडाध्यक्षको लागि शनिबार हुने उपचुनावमा मतदान गर्न मन्त्री मगर यहाँ पुगेकी खबर राससमा छापिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार