करातेमा मण्डेकाजीद्धारा स्वर्णकाे खाता खोलियो

काडमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेका छन् । सोमबार भएको प्रतिस्पर्धामा उनले करातेको पुरुष व्यक्तिगत कातामा स्वर्ण जितेका हुन् ।

उनले पाकिस्तानका नाइमातुल्लाहलाई पराजित गर्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन्। फाइनलमा मण्डेले २५।७२ अंक ल्याए। नाइमातुल्लाहले २४।५२ अंक मात्र ल्याए।

योसँगै आयोजक नेपालले स्वर्णमा खाता खोलेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार