काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले १५ स्वर्ण जितेको छ । सागको दास्रो दिन भएको २४ स्वर्णको छिनोफानोमा नेपालले १५ वटा स्वर्ण जितेको हो ।
यसमा नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको छ ।
स्वर्णसँगै कराँतेमा २ र तेक्वान्दोमा १ रजत पनि नेपालले जितेको छ ।, तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक जितेको छ ।











