सागमा नेपालले स्वर्णको संख्या बढायो, अहिलेसम्म १ सय स्वर्ण प्राप्त

काठमाडौं । घरेलु मैदानमा भइरहेको १३ औं सागको संस्करणमा कराँतेको व्यक्तिगत स्पर्धामा सुनिता महर्जनले स्वर्ण पदक जितेपछि स्वर्णको संख्या बढेको हो । अहिलेसम्म नेपालले २१ वटा स्वर्ण जितिसकेको छ ।

सागको तेस्रो दिन मंगलबार सुनिता, सन्तोषी श्रेष्ठ, विजय सिञ्जाली, सुस्मिता तामाङ, हिमाल टमटा र नवीन रसाइलीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन । यसअघि दोस्रो दिन सोमबार भने १५ वटा स्लर्ण जितेको थियो ।

१२ औं सागसम्ममा नेपालले कुल ७९ पदक जितेको थियो भने १३ औंमा आएर स्वर्णको संख्या १ सय पुर्‍याएको छ ।

सागको इतिहासमा अहिलेसम्म नेपालले १२५ रजत र २८० कास्य जितीसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार