सागको चौथों दिन, आज हुँदैछ यी खेलमा प्रतिस्पर्धा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको आज चौथो दिन । आज केही खेल हिजोकै बाँकी हुँदैछन् भने केही नयाँ खेलहरु पनि सुरु हुने छन् ।

पहिलो चरणमा उसुतर्फ स्वर्णको लागि खेल हुने छ । त्यस्तै कराँतेको अन्तिम ४ स्वर्णको पनि आजै छिनोफानो हुँदैछ । नयाँ खेलमा भने फुटबल, एथ्लेटिक्स, तेक्वान्दो र उसुका खेलको प्रतिस्पर्धा  हुनेछन् ।

त्यस्तै दशरथ रगशामा एथ्लेटिक्सको दोस्रो दिनको खेल, गोकर्णमा गल्फको दोस्रो दिनको खेल र साइक्लिङ हुँदैछ । सातदोबाटोमा सुटिङ र टेनिसका खेलहरु हुनेछन् ।

आजै बेलुका ५ बजे दशरथ रंगशालमा चर्चित खेल फुटबलअन्तर्गत लिगको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।

त्यस्तै आइतबारबाट सुरु भएको कराँतेमा यसअघि १५ स्वर्णको निर्णय आइसकेको छ । जसमा नेपालले सर्र्वाधिक ९ स्वर्ण ३ रजत र २ कास्य हासिल गरेको छ भने बंगलादेश र पाकिस्तानले समान ३ स्वर्ण जितेका छन् ।

कराँतेमा कूल १९ स्वर्ण रहेकोमा नेपाल अहिलेसम्म कुनै पनि विधामा पदकविहीन हुनु परेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार