आगोले जलेकी महिलाको मृत्यु, श्रीमानले पेट्रोल छर्केर आगो लगाएको आरोप

कैलाली । यतिबेला विश्व भर लैंगिक हिसां विरुद्धको १६ दिने अभियान चलिरहेको छ । नेपालमा पनि यो अभियान विभिन्न कार्यक्रमका साथ मनाईर्दै छ । महिला हिसां न्यूनिकरणमा सहयोग पुर्याउने उदेश्यका साथ हरेक वर्ष अभियान मनाइन्छ ।

तर  अभियान चलिरहदा सुदुरपश्चिम प्रदेशमा भने २ वटा महिला हिंसाका गम्भिर घटना घटिसके ! एउटा अछाममा छाउगोठमा किशाेरीकाे मृत्यु अर्को डोटीमा जिउँदै जलाएर महिलाकाे हत्या  ।

डोटीको शिखर नगपालिका ४ मुडभराकी २६ बर्षीय भावना भट्टको बुधबार कैलालीमा मृत्यु भयो । आगोले शरिरमा जलेकी भावनाको उपचार हुन नसकेर मृत्यु भएको उनका माइती पक्षले दाबी गरेका छन् ।

भावनाले दुई वर्ष पहिले डोटीकै मिनराज शर्मासँग भागरेर विवाह गरेकी थिइन् । मिनराजले भावनालाई दोस्रो श्रीमतीका रुपमा भित्र्याएका थिए ।
यहि मंसिर ७ गते भावनाको शरिरमा आगो लाग्यो । शरिर पुरै लजेर गम्भिर घाईते भएकी भावनालाई डोटीकै सुजङ अस्पतालमा उपचारका लागि पुर्याइयो । तर त्यहाँ उपचार हुन सकेन र उनलाई त्यहाँबाट सेती प्रादेशिक अस्पताल धनगढी पठाइयो । धनगढीमा पनि उपचार हुन नसकेपछि उनलाई नजिकै भारतको सिमानामा पर्ने बरेली अस्पताल लगियो ।

त्यहाँको अस्पतालले उनको स्वास्थ्यमा सुधार आएको भन्दै केहीदिन पहिले घर पठायो । भावनालाई त्यहाँबाट ल्याएर मिनराजका काकाको घर अत्तरियामा राखिएको थियो । बुधबार भावनाको त्यहीं घरमा मृत्यु भयो ।

भावनाका दाई शालिग्राम भट्टले शर्भाका परिवारकै सदस्यले पेट्रोलीयम पदार्थ छर्किदै आगो लगाएर आफ्नो बहिनीको हत्या गरेको आरोप लगाएका छन् । हत्यामा भावनाका श्रीमान् मिनराजकै संग्लनता रहेको भन्दै उनले प्रहरीमा निवेदन दिने तयारी गरिरहेका छन् ।

यस्तै सोमबार अछाममा छाउगोठमा सुतेकी किशोरीको निसासिएर मृत्यु भएको थियो ।

अछाममा छाउगोठमा युवतीको मृत्यु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार