
काठमाडौं । काठमाडौं उपत्यका लगायत पश्चिम नेपालका विभिन्न ठाँउमा आज बिहानैदेखि बर्षासंगै हिमपात भइरहेको छ ।
हिजोदेखि एक्कासी मौसममा आएको परिवर्तनका कारण काठमाडौं लगायत पश्चिम नेपालका विभिन्न ठाँउमा बर्षासंगै हिमपात सुरु भएको हो ।
बर्षासंगै सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, दार्चुला लगायत का पहाडी र उच्च हिमाली क्षेत्रमा बिहानैदेखि हिमपात भइरहेको छ । बर्षासंगै सुरु भएको हिमपातका कारण त्यहाँको जनजिवन प्रभावित भएको छ । हिमपात भएपछि भढेको अत्याधिक जाडोका कारण बृद्धबृद्धा, बालबालकाहरु घर बाहिर निस्कन सकेका छैनन् ।
हिमपातले अन्नबालीमा राहात
हिजोदेखि एक्कासी मौसममा आएको परिर्बतनका कारण बर्षा हुँदा हिँउदे अन्नबालीमा राहात पुगेको छ । यो बेला बर्षा हुँदा तराई तथा मध्य पहाडमा लगाइएको गहुँ, जौं, मटर, मुसुर लगायतका अन्नबालीमा सिंचाईको काम गरेको भन्दै कृषकहरु खुशी भएका छन् ।










