
काठमाडौं । यू १९ राष्ट्रिय महिला फुटबल टिम आज बहराइन जाँदैछ । बहराइनमा हुने ३ मैत्रीपूर्ण खेलमा सहभागी हुन टिम जान लागेको हो । भोली बहराइनसंग पहिलो मैत्री पुर्ण खेल खेल्नेछ ।
नेपाल यू-१९ टिमले बहराइनको यू-१९ टिमसंगै ३ खेल खेल्ने एन्फाले जनाएको छ । टिममा सिनियर राष्ट्रिय टिममा रहेका मिडफिल्डर सरु लिम्बु गोलकिपर उशा नाथ र फरवार्ड रेखा पौडल लगायत २२ जनाको टिम रहेको छ ।
नेपाली टिमको कप्तानी सरु लिम्बुले गर्नेछिन् भने टिमको मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ रहेका छन् । टोलीलाई एन्फाले हिजो (बिहीबार) एक कार्यक्रमका बीच बिदाई गरेको थियो ।










