कार्तिक १८ । मानवअधिकारकर्मी तथा नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरलाई प्रचण्डले अस्पताल पुगेरै श्रद्धाञ्जली दिएका छन् । नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका अधिकारकर्मी तुलाधरको आज दिउसो निधन भएपछि नेकपाका अध्यक्ष समेत रहेका पुष्प कमल दाहाल प्रचण्ड आफै अस्पताल पुगेर श्रद्धाञ्जली दिएका थिए ।
प्रचण्डले तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताएका छन् । तुलाधरले जुनयुद्धपछिको नेपालको शान्ति प्रक्रियाका लागि सहज वातावरण बनाउन मध्यस्तकर्ताको भुमिका खेलेको स्मरण गर्दै तुलाधरलाई सधैं इतिहासले सम्झिरहने बताए छ ।
आफुहरुले एक असल अभिभावक गुमाएका छौं प्रचण्डले भने, “अधिकार विहिन नागरिकको पक्षमा सधै वकालत गरेर उहाँ थाक्नु भएन, वामपन्थी आन्दोलनमा उहाँको योगदान अमुल्य छ जसलाई सम्पुर्ण परिर्बतनगामी जनताले सधै सम्झिरहने छन् । ”
अधिकारकर्मी तुलाधरको निधन
मष्तिस्कघातका कारण केही समययता बिरामी रहेर उपचार्थ अस्पताल रहेका अधिकारकर्मी तुलाधरको आइतवार दिउँसो ७८ बर्षको उमेरमा निधन भएको छ ।
केही दिन पहिले काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा शल्कक्रिया गरिएका तुलाधरको स्वास्थ्यमा सुधार नआएपछि उनलाई केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । मानवअधिकारकर्मी तुलाधारको भोली (सोमबार) अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
पद्मरत्न तुलाधर
अधिकारकर्मी र बाम नेताका रुपमा आफ्नो परिचय स्थापित गरेका पद्मरत्न तुलाधर पञ्चायतकालै जनताको अधिकारका पक्षमा सशक्त आवाज उठाउथे । बिशेषगरि, आवाज विहिन नागरिकका पक्षमा अकालत गर्ने तुलाधर तत्कालीन बिद्रोही माओवादी र सरकारबीच शान्तीप्रकृयाका लागि मध्यस्थकर्ताको प्रमुख भूमिकामा थिए ।
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारमा तुलाधर श्रम तथा स्वास्थ्य मन्त्री भएका थिए ।