मन्त्रीबाट राजीनामा दिई समाजवादीले सरकार छाड्यो, हेर्नुहोस विज्ञप्ती


काठमाडौँ । कम्युनिष्ट सरकारको सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार छोड्दै आफ्ना मन्त्रीलाई राजीनामा गराएको छ ।
मंगलबार दिउँसो एक विज्ञप्ती जारि गर्दै पार्टीले सरकारका उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र  सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईलाई मन्त्री पदबाट राजीना गराएको हो ।

आजै बिहान पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसंगै यादव र  इश्तियाक राईले विज्ञप्तीमार्फत प्रधानमन्त्रीसमक्ष राजीना बुझाएका हुन । संविधान संशोधन गर्ने शर्तसहित सरकारमा गएको समाजवादी सरकारसंग उक्त बिषयमा कुरा नमिलेपछि बाहिरिएको हो ।

यादवले हिजो बसेको मन्त्रिपरिषद बैठकमा संबिधान संसोधनको प्रस्ताव राखेका थिए । जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्विकार गरेका थिए ।

पार्टी अध्यक्ष यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् ।

“सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ,”  विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार