
काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भमा सरकार जोडतोडले लागिरहेको छ । देशमा कसरि धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्दै पर्यटन मन्त्रालय र मन्त्री योगेश भट्टराईले निकै मेहनत गरिरहेको देखिन्छ ।
नेपाल भ्रमर्ण बर्षको भव्य शुभारम्भ गर्ने तयारी सरकारको छ । अंग्रेजी महिनाको नयांबर्षको दिन पारेर सरकारले एक भव्य कार्यक्रमको आयोजना गर्दैछ ।
सरकारको यहि तयारी र मेहनतमा देश विदेशबाट साथ, सहयोग र सुझावहरु पनि आइरहेका छन् ।
सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भोली जनवरी एक तारीखबाट सुरु हुँदैछ ।
आफ्नो असल छिमेकी देश नेपालले भ्रमण बर्ष घोषणा गरेकोमा नेपालका लागि चिनियाँ राजदूत होउ याङीले शुभकामना दिदैं यसको प्रसार समेत गरेकी छन् । उनले काठमाडौं उपत्यकाका केहि कलात्मक, पर्यटकिय धार्मिकस्थलहरुमा गई तस्बिरहरु खिच्दै भ्रमण बर्षको पुर्वसनध्यामा ट्वीटरमार्फत शुभकामना दिएकी छन् ।

नेपालको प्राकृतिक सुन्दरताको वयान गर्दै आफ्ना तस्बिर पोष्ट गरेर राजदूत होउले भ्रमण वर्ष २०२० को शुभारम्भ हुनै लाग्दा सबैलाई शुभकामना दिएकी छन् ।
राजदूत होउका केहि तस्बिरहरु













