‘एमसीसी’ र ‘इन्डो प्यासिफिक’ बीच कुनै अन्तरसम्बन्ध छैन, यो संसदबाट पास हुन्छ –संचारमन्त्री

डडेल्धुरा । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमसीसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गरेका छन् ।

बुधबार सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पुगेका मन्त्री बाँस्कोटाले कसैले चाहेर पनि अब एमसीसी रोक्न नसक्ने दावी गरे ।
एमसीसी र ‘इन्डो प्यासिफिक’ दुवै विषयलाई मिसाएर भ्रम सिर्जना गर्न खोजिएको उनले आरोप लगाए ।

“अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ संसदबाट अनुमोद हुन कसैले रोक्न सक्दैन् मन्त्री बाँस्कोटाले भने, अब यो फेल हुदैँन । सरकारले संसदमा पेश गर्छ, सिधै पास हुन्छ ।”

सरकारका प्रवक्ता समेत रहेका बाास्कोटाले एमसीसीलाई राजनीतिक मुद्दा बनाउन आग्रह समेत गरे । एमसीसीको सबै सूचकांक पार गरेर सन् २०११ को डिसेम्बरमा नेपाल ‘क्वालिफाइड’ भएको उनले प्रष्ट पारे बताए ।

डडेल्धुराको अमरगढी नगरपालिकाले आयोजना गरेको ‘गुम्न जाउँ अमरगढी’ अन्तर्गत भ्रमण वर्ष २०२० को उद्घाटन गर्न डडेल्धुरा सदरमुकाम पुगेका सरकार प्रवक्ता बाँस्कोटाले लिपुलेक, लिम्पियाधुरा नेपालकै भएको समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार